जनकपुरधाम – मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।
‘…पैगम्बर मोहम्मदको जन्म दिन २०८० साल असोज ११ गते विहिवारका दिन परेकोले उक्त दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने भनि माननीय मन्त्रीस्तरबाट मिति २०६०/०६/१० मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।





