युनिकोड    राशिफल    एफएम रेडियाे                        

ताप्लेजुङ / नसर्ने रोगहरुमध्ये प्रमुख रोग अन्र्तगत मधुमेह पनि एक हो । मधुमेह समयमा नियन्त्रण गरिएन भने यसले विभिन्न अंगमा क्षति र्पुयाउन सक्छ । जस्का कारण मुटुरोग, मिर्गौलाले काम नगर्ने अवस्था, अन्धोपन, पक्षघात र मानिसको मृत्यु सम्मको जोखिम पनि बढाउन सक्छ ।

यहि जोखिमलाई न्यूनीकरणका लागि जिल्लाको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङस्थित मोति माध्यमिक विद्यालयमामा नाटक प्रर्दशन र कविता वाचन प्रतियोगीता सम्पन्न भएको छ । कार्यक्रममा मधुमेह र नसर्ने रोग शीर्षकमा कविता वाचन प्रतियोगिता र सामूहिक नाटक प्रदर्सन गरिएको थियो ।

कविता वाचन प्रतियोगितामा छात्रा र छात्र गरि कक्षा ४ देखि १२ सम्मका १४ जना बिर्धार्थिको सहभागिता रहेको थियो । प्रतियोगितामा पृतम कार्की प्रथम बने । खगेन्द्र पौडेल दोस्रो बने भने प्रियङ्का शेर्पा तेस्रो र मिरा दियाली सान्त्वना बनेका थिए । सामूहिक नाटक मधुमेह सम्बधि सचेतना मुलक सन्देश प्रवाभ गर्ने उद्देश्यले प्रर्दशन गरिएको प्रअ बिश्व लिम्बुले जानकारि दिए ।

मधुमेह रोगको विषयमा जानकारी दिएर मात्र नपुग्ने भन्दै नाटकिय माध्यमबाट प्रर्दशन गरि थप सहयोग पुगोस भनेर आयोजना गरिएको नाटक प्रर्दशमा संलग्न छात्रा मुना दाहालले बताइन । विद्यालयको आयोजना तथा ह्यूमन प्राक्टिश फाउन्डेशन (एचपीएफ) ताप्लेजुङको प्राविधिक सहयोगमा कार्यक्रम संञ्चालन गरिएको विद्यालयका प्रअ लिम्बुले जानकारी दिए ।

मधुमेह जसमा रगतमा (ग्लुकोज) चिनीको मात्रा सामान्य भन्दा बढी अवस्थामा हुने गर्दछ । यो रोग लागेपछि सामान्यतः जीवनभर रहिरहन्छ । मधुमेह पूरा निको नहुने रोग भएपनि ठीक प्रकारको खानपान र व्यवहारबाट रगतमा चिनीको मात्रालाई ठीक र सन्तुलित राख्न सके केहिमात्रामा नियन्त्रण गर्न सकिने शिक्षक भिम बहादुर पौडेल बताउँछन् । जिल्ला स्तरिय आचरण परिर्वतन कार्यक्रम अन्र्तगत विद्यालय र ह्यूमन प्राक्टिश फाउन्डेशन –एचपिएफ)को सहयोगमा विद्यालयमा करेसा बारि स्थापना साथै साप्ताहिक पाक कक्षा संचालन गरिएको कार्यक्रम संयोजक शिवलाल थापाले जानकारि दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र अभिभावकलाई मधुमेह रोग सम्बन्धी सचेतना मुलक कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । प्रअ लिम्बुका अनुसार सबै भन्दा बढी विद्यार्थीमा उपयोगि बनेको छ । उक्त कार्यक्रम सुरु गरेसँगै मधुमेह रोग सम्बन्धी चेतनाको स्तर विद्यार्थी साथै अविभावकमा वृद्धि भएको छ, उनले भने ।

खानपानमा सुधार ल्याउने बानीको विकास मात्र नभई चेतना अभावका कारण पहिले सामान्य रोग भन्दै हिड्नेहरुले अहिले यो रोगलाई गम्भीरका साथ र्हेने गरेको पाइएको र धेरैले खानपानमा ध्यान दिन थालेको शिक्षक विजय थापा बताउँछन् । विद्यालयकै गार्डेनमा सिकेको सीप घरको करेसाबारी र भान्सा कोठामा लागू गर्ने बानीको विकास भएको र यो रोगको न्यूनीकरणमा थप टेवा पुगेको अविभावक लक्ष्मि थापा बताउँछन् ।

विश्वमा बढ्दै गएको मधुमेह रोगका व्यक्तिको सङ्ख्यालाई मध्यनजर गरी जनचेतना फैलाउने उद्देश्यले सन् १९९१ देखि विश्व स्वास्थ्य संगठन र इन्टरनेशनल डाइबेटिज फेडेरेसनले संयुक्त रूपमा यो दिवस मनाउन सुरुवात गरेको हो । मधुमेह रोगको भविष्यमा हुनसक्ने जटिलता निवारण गर्न आजै यससम्बन्धी शिक्षा प्रदान गर्न जरुरी छ भन्ने विषयलाई यस वर्षको नाराले उजागर गर्न खोजेको थियो ।

मोति माविमा अध्ययन रत छात्रा मुना दाहाल विद्यालयमा किताबि ज्ञान मात्र नभई विभिन्न जनचेतना मुलक सीप सिक्न पाउदाँ आफूहरु निक्कै खुसि भएको बताउँछिन् । उनका अनुसार किचनमा काम सामान्यतया गर्ने गरेको भएपनि के खाँदा कस्तो हुन्छ र केस्तो खानपानमा ध्यान दिन जरुरि छ भन्ने कुरा थाहा नहुदाँ विभिन्न रोगको प्रकोप बढ्ने गरेको र अहिले बुझे पछि आफूहरुलाई निकै सहज भएको बताउँछिन् ।

एचपीएफको सहयोगमा विद्यालयमै टनेल, विउ विजन, ग्याँस चुल्हो र भाडावर्तन उपलब्ध गराइएकोले थप सिक्ने अवसर पाएको अर्का छात्र निश्चल लिम्बु बताउँछन् ।
विद्यालयमा विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र भएर नपुग्ने भन्दै व्यवहारिक कक्षाको पनि आवश्यक पर्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको एचपीएफका कफी र स्वास्थ्य कार्यक्रम संयोजक शिवलाल थापाले बताए । उनका अनुसार गत बर्षबाटै स्वास्थर्कमिलाई पनि मधुमेह सम्बन्धि सचेतना कार्यक्रम दिदै आएको बताएका छन् ।
मिक्वाखोला गाउँपालिका–१ स्थित डाडाँ गाँउमा रहेको हेल्थ पोष्टमा कार्यरत स्वाथ्यकर्मी सोभा दाहालका अनुसार कार्यक्रमले स्वास्थ परिक्षणमा थप टेवा पुगेको र बिरामिलाई सचेत गराउँन सहज भएको बताउँछिन् ।

समाजमा मधुमेह रोगको संख्या वर्षेनी बढ्न थालेकाले न्यूनीकरणका लागि विद्यालयमा र स्वास्थकर्मीलाई कार्यक्रम सुरु गरीएको थापाले बताएका छन् । अबका कार्यमा पनि यिनै कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने उनले बताए ।

मधुमेह भएका व्यक्तिहरूमा रगतमा चिनीको मात्रा सन्तुलित राख्न स्व हेरचाह धेरै महत्वपूर्ण हुन्छ । यसका लागि मधुमेह रोगको बारेमा शिक्षा महत्वपूर्ण सहायक हो । यस रोगको सफल प्रवर्धन, निवारण र रोकथामका लागि हरेक व्यक्तिमा मधुमेह रोगको शिक्षामा निरन्तर पहुँच हुन जरुरी छ ।

यस्तो छ पहिलो हुने प्रितम कार्कीको कविता…

‘मधुमेह र नसर्ने रोग’

शरीरमा रोगहरु बढ्न दिन हुन्न

नियमीत व्यायाम गरौ, रोगले छुदै छुन्न

धेरै खाइ सुति बसे, मधुमेह हुन्छ

मधुमेह भयो भने यस्ले खाने मुकै थुन्छ

नखान मिल्छ मिठो कुरा नकुनै गुलियो फल

राम्रो खान न पाए पछि कहाँ आउँछ बल

मधुमेह लागेपछि अरु रोग बढ्छ

सानो घाउ हुनुहुन्न सबै शरीर सड्छ

मधुमेह एक अर्कामा सर्ने रोग हैन

बाउ बाजेमा थियो भने टार्न सकिदैन

बेलैमा बनौ होसियार यसबाट बच्नलाई

चिनी रोग भन्छन् यस्लाई गुलियो कमै खाइ

नियमित व्यायाम गरि ठिक्क खान खाइ

मधुमेह टाढा भाग्छ बाँचौं रमाइ रमाइ ।

मधुमेह टाढा भाग्छ बाचौ रमाइ रमाइ ।।

प्रतिक्रिया

सम्बन्धित खवर