काठमाडौं /निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।
लामिछानेबिरुद्ध उम्मेदवार खारेजीका लागि मंगलबार उजुरी परेपछि उक्त उजुरी उपर कारवाहीका लागि अयोगले स्पष्टिकरण सोध्न लागेको हो ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक कामकाज संकलनको काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शार्मा पौडेलले बताए ।
लामिछानेको जवाफ जवाफ निर्वाचन आयोगसमक्ष जानकारी गराइने र सोहि अनुरुप उजुरी माथिको प्रकृया अगाडि बढ्ने प्रवक्ता पौडेलले बताए ।
रविबिरुद्धको उजुरीमा प्रमाण पाइएको खण्डमा खण्डको उम्मेदवार रद्द समेत हुने आयोगले बताएको छ ।
आयोगका अनुसार लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै नवलपरासी र चितवनमा गरि दुई वटा उजुरी परेको छ ।
एक उजुरीम लामछानेको नेपाली नागरिकता नै कायम नरहेको उल्लेख गरिएको छ भनेअ अर्को उजुरीमा खारेज भइसकेको पुरानो नागरिकता मार्फत पेश गरि उम्मेदवार मनोनयन भएको उल्लेख गरिएको छ ।





