युनिकोड    राशिफल    एफएम रेडियाे                        

काठमाडौं / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पनि गृह जिल्ला डडेलधुरा जाने भएका छन् ।

देउवा निर्वाचन मिति तयभएयता दोस्रो पटक आफ्नो चुनावी क्षेत्रसमेत रहेको गृह जिल्ला डडेलधुरा जान लागेका हुन् ।

एक सात अघि देउवाले आफ्नो गृहजिल्लाका सबै पालिकामा चुनावी सभा आयोजना गरी वाम–लोकतान्त्रिक गठबन्धनको सभालाई सम्बोधन गरेका थिए ।

उनी डडेलधुरा जानका लागि मंगलबार नै धनगढी पुगेका छन् । देउवाले बुधबार बिहान साढे ११ बजे डडेलधुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
३१ वर्ष यता डडेलधुरामा हार नव्यहोरेका देउवा सातौँ जितको खोजीमा छन् ।

यसपटक देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर