युवराज बडुवाल / अासन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बाजुरा जिल्लाका ७० ओटा मतदान केन्द्रमा ९ सय ९३ जना कर्मचारी खटिएका छन् ।
बाजुराकाे पुर्वि उत्तरी भेग हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकामा खटइएका कर्मचारी मंगलबार सदरमुकाम मार्तडीबाट प्रस्थान भइसकेका छन् । भने अन्य स्थानिय तहमा जाने कर्मचारीहरु भने सामान बुझेर जाने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन् ।
मतपेटिका, स्वस्तिक छाप लगायत सामग्री सहित मतदात अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी खटाइएको जिल्ला निर्बाचन कार्यालय प्रमुख अवस्थीले बताएका छन् ।





