युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा नौ भोटको व्यवस्था गर्न आह्वान गरेका छन्। यसो हुनसके राजनीतिक दलहरुलाई जनताले रुचाएका उम्मेदबार उठाउन दवाव पर्ने उनले बताए।

काठमाडौं स्कुल अफ ल भक्तपुरले वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचन खर्चमा वृद्धि नै निर्वाचनको अहिलेको मुख्य चुनौती रहेको बताए। पहिला पहिला भए निर्वाचनको मुख्य चुनौती सुरक्षा हुन्थ्यो, उनले भने, अहिले समयसँंगै निर्वाचनका चुनौतीहरु परिवर्तन देखिए।

निर्वाचनमा ९० प्रतिशत उम्मेदवारहरुले दिएको खर्चको विवरण झटा हुने उनले बताए। उनीहरुले निर्वाचन आयोगले तोकेको सिमा भन्दा वढी नै खर्च गरे पनि कम खर्च गरेर झुठो हिसाव विवरण पेश गर्ने उनले बताए।

पूर्व अर्थ सचिव शिशिर ढुंगानाले जसरी पनि चुनाव जित्न जति पनि पैसा खर्च गर्नु गलत भएको बताए। चुनाव खर्चका लागि व्यापारी वा अन्यसँंग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालको इच्छा अनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो। यस हिसावले विजयी उम्मेदवार जनताप्रति नभई चन्दा दाताको रुचि अनुसार काम गर्नुपर्ने उनले बताए। यही कारण चुनेर पठाउने जनतामा वितृष्णा पैदा हुने उनले बताए।

आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा गोविन्दप्रसाद कुशुम, आयोजककै कार्यकारी निर्देशक प्रा डा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारी लगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिए। कार्यक्रममा पूर्व निर्वाचन आयुक्त पोखरेल र पूर्व सचिव ढुंगानाले विषयवस्तुमाथि प्रस्तुति पनि गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर