युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

अछाम :- अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन्। उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन्।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए। उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए। उनले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गरे।

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए। स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताए। परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम-१ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्नेसमेत विश्वास व्यक्त गरेका थिए।

बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार देवबहादुर कुँवर, प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, स्वत्रन्त्र उम्मेदवार राधिका भुजेल, एमाले अनुसाशन आयोगका केन्द्रीय सदस्य हर्कबहादुर कुँवर गोविन्द, जिल्ला अध्यक्ष चन्द्र बोहरालगायत उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर