युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बडीमालिका नगरपालिकामा  रहेको विरेखोला झरनामा बर्षायम सुरु भएसंगै आन्तरी पर्यटनकाे आकर्षण बढ्दै गएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको यस झरना जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर दक्षिर्णमा पर्छ । विरेखोला झरना देख्दा जोकोहीलाई पनि स्वार्ग धर्तिमै छ की भन्ने आभास अनुभुती गर्छ ।

विरेखोला झरना हेर्न बाजुरासहित छीमेकी जिल्लाबाट अवलाेकन र रमाउनकाे लागी पुग्ने गर्दछन् ।

करिब १ सय ५०  मिटर अग्लो यो झरना बाजुरासहित अन्य जिल्लाका प्रकृतिक प्रेमीहरुका लागि आकर्षणको केन्द्र निन्दु वनेकाे छ ।

जिल्ला भित्रकै मात्र नभएर अहिले यो झरनामा रमाउनका लागि अन्य जिल्लाका मानिसहरु आउने गरेका छन् । बर्षायम सुरु भएसंगै झरनामा रमाउन तथा अवलोकनका लागि आउने अन्तरिक पर्यटकको संख्या दिनहु बढ्दाे क्रममा रहेकाे छ।

झरना सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रसन्न तुल्याउने बडीमालिका नगरपालिका–६ का स्थानीय उद्दव साउँदले बताए । झरनासम्म अवलोकन तथा रमाउन जाने त छदैन् तर गाडीमा आवत जावत गर्ने जो कोहीले पनि जान नछुटाएर , फोटो खिच्नका लागि भएपनि त्यहाँ पुग्ने गर्छन उनले भने।

सामान्यतः जिल्लाभित्रका अधिकांस मानिस झरनामा फोटो खिच्नका लागि भएपनि पुग्ने गर्दछन् । करिब चार वर्षयता यो झरनाले समाजिक सञ्जाल लगायतमा चर्चा छ । एकनासले छल्कँदै बग्ने झरनामा इद्रेणी पर्ने गर्दछ । पर्यटकहरु छल्कीएको पानीमा नुहाएर रमाउने, कोही टिकटक बनाउने त कोही फोटो खिच्ने बढी हुन्छन् ।

गत वर्षयता झरनासम्म बडीमालिका नगरपालिकाले झरनासम्म पुग्ने फराकिलो बाटो  झरनामा प्रवेश गर्ने गटे र झरनाको तल काठको पुल र रेलिङड, बस्नकाे लागी टिनकाे छाप्रा निर्माण गरेको छ । यसले पर्यकहरुकाे मन झनै लाेभ्याउने गरेकाे छ ।

साउँदले भने माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन् ।

बडीमालिका नगरपालिकामा स्थित यो झरनाले पर्यटकीय प्रर्वद्धनमा निकै भुमिका खेलेपनि भौतिक पुर्वधार लगायतका विकासमा केही कमी हुँदा झरनाबाट लिनु पर्ने लाभ स्थानीय तहले लिन सकेको छैनन् । निजी क्षेत्रसंग सहकार्य गर्दै पर्यटकीय क्षेत्र सो झरनालाई व्यवस्थित बनाउन सके आर्थिक विकासमा पनि निकै मदत पुग्ने देखिन्छ । झरना साँफे मार्तडी सडक नजिकै रहेकाले पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको अर्का स्थानीय टेक बडुवालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर