युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित | बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी |

बैतडी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यम बाट गर्नुपर्ने बताएका छन्

राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल बैतडीको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै भण्डारीले एमाले सत्तामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने  र नराम्रो कामको सङ्गीत मार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन् ।

धेरै कलाकार भएको बताउँदै भण्डारीले सबैलाई परिवर्तनको पक्षमा ल्याउनुपर्नेमा जोड दिए । कला भए पनि अवसर न पाएका मान्छेलाई समाजमा माथि उठाउन न सकेकै कारण उनीहरूको जीवनस्तर माथि न उठेको उनले बताए ।

उहाँहरूको जीवनस्तर माथि उठाउन एमाले निकटको जनप्रतिनिधिले काम गर्ने उनले बताए ।भण्डारी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट बैतडीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर