युनिकोड    राशिफल    एफएम रेडियाे                        

निशान्त बडुवाल/ पाँच दिनदेखिको निरन्तर वर्षाका कारण बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ६ काेर्धमा रहेकाे काेर्धाली गाड लघुजलविद्युत् अवरुद्ध भएकाे छ ।

विद्युत् काे नहरमा  क्षति हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । काेर्धीखाेला  मा रहेका विद्युत् आयोजनामा बाढी पस्दा र पहिराले नहर बगाउँदा जलविद्युत् अवरुद्ध भएको हो ।

वर्षाको कारण पहिराले विद्युत् काे नहर बगाउँदा जलविद्युत् अवरुद्ध भएको अपरेटर्स चन्द बडुवालले  विद्युत् सञ्चालनमा ल्याउन समस्या भएको बताए । पहिराले नहर जोखिममा पर्दा बित्तिकै बनाउन सुरु गरे पनि अझै  विद्युत् सञ्चालन गर्न नसकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर