युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरा जलस्रोत तथा सिचाइ विकास सब डिभिजन कार्यालय बाजुराद्धारा जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकाे एक नगरपालिका तिन गाउँपालिकामा सिचाइ याेजना अनुगमन गरिएको छ ।

नेपालको संविधान, २०७२ ले मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणाली लागू गरी क्षेत्रगत रुपमा तीनै तहले गर्ने कार्यहरूको सूची समेत स्पष्ट व्यवस्था गरेको छ । सो अनुसार संघिय स्तरमा भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, सिंचाइ, ऊर्जा, खानेपानी तथा सरसफाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग र सो अन्तर्गतका संरचनाहरूबाट सम्पादन हुने कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहबाट सम्पादन हुनुपर्ने व्यवस्था छ|

मङ्गलबार बिहान सब इन्जिनियर दिनेश भण्डारी ईन्जिनियर हर्क विक ,राम बहादुर दानी लगायतको टाेली अनुगमनमा गएको छ । जगन्नाथ गाउँपालिका वडा नम्बर ६ माथिल्लो काब्रे (गाेत्रीकाे) काेट गाेत्री कान्डे सिचाइ कुलो बुढीनन्दा नगरपालिका वडा नं. ६ काे सास्ता जिउला सिचाइ कुलो वडा नम्वर ५ सिप्टी सिचाई कुलाे , वाङ्गठी सिचाइ कुलो बडीमालिका नगरपालिका वडा नम्बर ७ चुथीमा रहेको तलीघट्ट सिचाइ कुलो लगायत अन्य १० (दस) भन्दा बढी सिचाइ याेजनाकाे अनुगमन गरिएको छ ।

अनुगमन गरीएकाे याेजनाहररु कुनै सकिएका छन्। त कुनैमा काम सुरु भैरहेकाे छ ।  पछिल्लो चरण २०७९/०८० मा जलस्रोत तथा सिचाइ विकास सब डिभिजन कार्यालय बाजुरामा संघ र प्रदेशका गरी ५ सय भन्दा बढी याेजनाहरू छुट्टयाइएको सब इन्जिनियर दिनेश भण्डारी बताएका छन् ।

कुनै याेजना समिति गठन गरि काम सञ्चालन मा आएको छन् त कुनै समिति गठन नभएर विवादमा परेको सिचाइ कार्यालय बाजुराले  जनकारी दिएकाे छ।  भने याेजना परेको ठाउँमा कुनै विवाद नआएमा काम सुरू गर्ने र विवादित याेजनालाई रद्ध गर्ने भण्डारीले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर