युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल – बाजुरा जिल्ला सुदुरपश्चिमकाे पहाडी जिल्ला हाे । विभिन्न धर्म संस्कृति चालचलन र प्रकृतिक सुन्दरता संग जाेडीएकाे पहाडी जिल्ला पनि बाजुरालाइ मानिन्छ । प्रत्येक बर्ष मनाईने मागेसंघ्रान्ती नजिकिँदै आएको छ । पुसको अन्तीम दिनबाट सुरु हुने माघी तिहार गाउघरमा यसको रमझम देखिन थालेकाे छ ।

अहिले जङ्गलबाट वनतरूल काेरेर ल्याउने घरमा लगाएको घरतरूल (कन्दमुल ) काेर्ने गाउँका सबै मिलेर दाउरा ल्याउएर धारा भएको ठाउँमा जम्मा गर्ने चलन रहेकाे छ ।

माघी पर्व तीन दिनसम्म मनाउने गरिन्छ । माघीमा बिशेष गरेर सबैको घरमा  चामलकाे पीठाेमा दाउन र गुलियाे मिलाइ पानिमा रयालेर ताइ वा कराइमा तातेकाे घिउतेलमा पकाएकाे घुमाउराे राेटी तरुल मासु पकाएर खाने चलन रहेकाे छ ।

त्यति मात्रै नभएर माघ १ गतेकाे दिन सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने जङ्गलबाट ल्याएकाे दाउरा एकै ठाउमा कट्टा लगाएर आगाे बाल्ने नुहाउने (जसलाई माघ भन्दा पहिले गरेकाे पाप पखाल्नु भनिन्छ ) । लगाएकाे लुगा सबै फेरबदल गर्ने नयाँ लगाउने पुराने नलगाउने गरीन्छ र एक घरमा पकाएकाे खाने परीकार अर्काे घरमा दिने टाडा टाडा गएकाे छाेरी बहिनिलाई खाने परीकार लिएर दिने गरीन्छ ।

माघी पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजका सबै काम नगरेर् दिन भर बस्ने बेलुका पख सबै एकै ठाउँमा जम्मा भएर देउडा लगाएर रमाईले गर्ने चलन बाजुरामा रहेकाे छ । बिशेष माघी पर्वको तेस्रो अर्थात् अन्तिम दिन केही काम गर्दा असफल हुने राम्राे नहुने बिग्रीने भन्ने भनाइ रहेकाे छ ।

– बाजुरा खबर 

प्रतिक्रिया

सम्बन्धित खवर