युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी / अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ७ मध्ये चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।  उनकाअनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका–६ मा पनि पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको रिजालले बताए । उनकाअनुसार तीन जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

उनीहरुको उद्दारका लागि हेलीकोप्टर मगाइएको छ । यसअघी तुर्माखाद गाउँपालिका–५ को नाडामा पहिरोले घर पुरिदा २ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर