युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौ /  नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्य उपचार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आवद्ध रहेका १ हजार ४६७ सदस्यहरुलाई परिचयपत्रका आधारमा ओपिडीमा ५०, प्रयोगशालामा ४० र  फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ। पत्रकारहरुको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ।

क्लिनिका प्रबन्ध निर्देशक डा कजन रानाभाटले प्रतिष्ठान आवद्ध पत्रकारका आश्रित परिवारका तीन सदस्यलाई सूची उपलब्ध भएपछि तीन जनासम्मलाई पनि उपचारमा छुट बताए। महासंघका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे। एक वर्षका लागि भएको सम्झौता २० मंसिर २०७९ देखि लागू भइसकेको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाल र प्रतिष्ठान प्रदेशका महासचिव रामकुमार शाही समेतको उपस्थिति थियो।

क्लिनिकमा प्रजनन् स्वास्थ्य सेवा, कलेजो प्रत्यारोपण सेवा, स्त्री तथा प्रसूती सेवा, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु रोग, सामान्यदेखि जटिल अप्रेसन सेवा, दन्त उपचार सेवा, मनोपरामर्श तथा उपचार लगायत सेवा उपलब्ध रहेको डा रानाभाटले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले श्रमजीवी पत्रकारहरूलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास लिए। प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले नेपालको स्वास्थ्य उपचार महंगो बन्दै गएका बेला प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकजस्तो आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदायकसँग समझदारी गर्न पाएको खुशी लागेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर