युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाण्डाै – हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँमा आएको बाढी पहिरोको अध्ययनका क्रममा थप एउटा हिमताल भेटिएको छ ।

बाढी पहिरोको कारण पत्ता लगाउन ५ हजार ३ सय ५० मिटर उचाइमा पुगेको सरकारी अध्ययन टोलीले ३ वटा हिमताल भेटेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्यहाँ पहिले २ वटा हिमताल रहेकामा अहिले एउटा थपिएको पाइएको हो ।

प्राधिकरणले सामाजिक सञ्जालमा लेख्दै हिमताल थपिएको बारेमा जानकारी गराएको हो । प्राधिकरणका अनुसार अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी रहनुभएको छ ।

यही जेठ १ गते रातिको बाढी र सुक्खा पहिरोका कारण नाम्खा गाउँपालिका वडा नम्बर ६  तिलगाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । यस्तै बाढी पहिरोबाट लघु जलविद्युत् तथा खानेपानी आयोजना, सिँचाइ, काठेपुल, ४ सय रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको थियो ।

यसअघि हिमताल भएको क्षेत्रमा पुगेको वडाध्यक्षसहित स्थानीयवासीको टोलीले हिमताल फुटेको आशङ्का गरेको थियो । तर यसबारेमा विज्ञको टोलीले थप अध्ययन गरेर यकिन गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर