युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ सरकार आगामी पाँच वर्षका लागि हुने गरी गठनको तयारी भइरहेको जनाएको छ । सचिवालय बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एवम् मतपरिणामको प्रारम्भिक समीक्षा पनि भएको छ ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा आगामी पाँच वर्षसम्म अगाडि बढ्न सक्ने सरकार निर्माणलगायतका सन्दर्भमा प्रारम्भिक छलफल भएको बताउनुभयो ।

उहाँले नेपाली जनता, शुभचिन्तक, सरकारी निकायलगायत निर्वाचनमा सहभागी सबैलाई धन्यवाद प्रदान गर्दै भोलिका दिनमा गठबन्धन कायम राख्नुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मतदाताको प्रशंसा गर्दै जति मतपरिणाम प्राप्त गरेका छौँ, भविष्यमा थप उपलब्धिमूलक बनाउने निष्कर्ष निकालेका छौँ । मतपरिणाम सोचेजस्तो छैन । गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई कायम राख्दै गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ ।”

उहाँले केही ठाउँमा निर्वाचन हुनै बाँकी रहेको अवस्थामा निर्वाचनको पूरै समीक्षा भने बैठकमा हुन नसकेको बताउनुभयो ।  समानुपातिक मतपरिणामबाट प्राप्त हुने सिट सङ्ख्या जे होस यस विषयमा छलफल भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर